तनहुँको बिमलनगर स्थित चुनपहरा जोगाउनको लागि अभियान शुरु

पोखरा । तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका, बिमलनगर स्थित चुन पहरा जोगाउने अभियान स्वरुप आज सरोकारवालाहरु बीच एक जुम मिटिङ्ग सम्पन्न भएको छ।
चट्टान आरोहणको लागि यो पहरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको रहेको छ। नेपालको लगभग मध्य भागमा रहेको, अत्यन्तै सुगम ठाउँमा रहेको, थुप्रै लेभलका थुप्रै रुटहरु भएकोले पनि यसको पर्यटकीय हिसाबले समेत उत्तिकै महत्त्व छ। 


चट्टान आरोहण भनेको पर्वतारोहणको आधार हो। यही पहरामा तालिम लिएर थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आरोहीहरुले आफ्नो करियर बनाउनुका साथै विभिन्न कीर्तिमान समेत कायम गरेका छन।
पृथ्वी राजमार्गको मुगलिङ – पोखरा खण्डको स्तरोन्नति गरि  चार लेनको बनाउने क्रममा सडकको केन्द्रबाट दुबैतर्फ २५/२५ मिटर अधिग्रहण गर्नुपर्ने प्रारम्भिक सर्भे रिपोर्ट आएपछि यो पहराको भबिश्यमाथि संकट आइपरेको हो। 


चुन पहरा जोगाऔं अभियानका अभियन्ता सुजित कडेलले संचालन गरेको कार्यक्रममा नेपाल खेलकुद महासंघका स्थायी समिति सदस्य तथा तनहुँ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष अनिल पाण्डे, नेपाल खेककुद महासंघका महासचिव तथा नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनका अध्यक्ष मेघराज पौडेल, चुन पहरामा चट्टान आरोहणका अबधारणाकार, नेपालको पहिलो अन्तर्राष्ट्रिय गाइड सुनारबहादुर गुरुङ, स्थानीय बासिन्दा तथा चुन पहरा बचाऔ  अभियन्ता लालकुमार श्रेष्ठ, बन्दिपुर गाउँपालिका वडा नं ४ का कार्यवाहक वडाध्यक्ष दानबहादुर थापा, प्रशिक्षक तथा आइएफएमजिए गाइड प्रेम गुरुङ , दिगो पर्वतीय पर्यटन संजालका अभियन्ता तथा आरोही मन राज गुरुङ, गाइड सुमन श्रेष्ठ लगायतले आआफ्नो बिचार राखेका थिए।
निचोडमा, त्यस क्षेत्रको दिगो बिकासको लागि र चुन पहरा जोगाउनको लागि बैकल्पिक उपाय अपनाउन सम्बन्धित निकायहरु लाई ध्यानाकर्षण गराउने, विकल्पको रूपमा पहरातिर को भाग जोगाउन मर्स्याङ्ग्दी नदि तर्फको भागमा ३ मिटर जति च्याप्ने र त्यो संभव नभएमा नयापुल पारीको भागबाट सडक बिस्तारगरि अहिले बिमलनगरमा बनेको नयापुलको प्रयोगहुने डाइभर्सन सुझावदिने निर्णय भयो।


साहसिक खेलकुद र पर्यटन संग जोडिएको र जिल्लाको पहिचानसंग समेत जोडिएको बिषय भएको साथै केन्द्रमा मन्त्रालय सम्म ध्यानाकर्षण गर्नुपर्ने देखिएकोले सुनारबहादुर गुरुङले केन्द्रमा आबश्यक संयोजन गर्ने संयोजक तथा अनिल पाण्डेले गण्डकी प्रदेश सरकारसंग आबस्यक पहलकदमी लिनको लागि संयोजकको भुमिका निभाउनुहुने छ भने आबस्यकता अनुसार अन्य सदस्यहरुको चयन गर्नुहुनेछ।

फोटो: चुन पहरा जोगाऔं अभियान

Leave a Reply