थप ८३०५ जनामा संक्रमण, १९० जनाको मृत्यु

-


     मर्दी न्युज    
     जेठ ६ गते २०७८ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा ८,३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको २१ हजार ६९५ पीसीआर परीक्षणमा ८ हजार २२७ र ३ सय ९२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८ जना गरी ८३०५ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९० जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६,५४३ जना संक्रमणमुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।



Tags: