आर्थिक मामिला तथा योजना मन्त्रालयले पर्यटन ब्यबसायिहरु संग सुझाव माग्यो

गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज एक भर्चुअल कार्यक्रम गरि निजिक्षेत्र का पर्यटन व्यबसायीहरु संग सुझाव लिएको छ । आ.ब. २०७८/७९ को निति तथा कार्यक्रम साथै बजेट आउनुपुर्व ब्यबसायीहरु संग सुझाव संकलन गर्नु र छलफल गर्नुलाई सकारात्मक रूपमा हेरिएको छ ।

पोखरा पर्यटन परिषद आबद्ध संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पर्यटन श्रमिकहरुको प्रतिनिधित्व गर्दै युनिट्राभ गण्डकी प्रदेशका अध्यक्ष लगायतले आआफ्नो सुझाव दिएका थिए । कोभिड-१९ को महामारीका कारण ब्यबसाय थलापरेका कारण सरल तरिकाबाट ब्यबसाय पुनर्जीवन कर्जा तथा ब्यबसायी मैत्री ब्याजको ब्यबस्था, ब्यबसायिहरु तथा पर्यटन श्रमिकहरु लाई यथासक्य छिटो कोभिड विरुद्धको खोपको ब्यबस्था, श्रमिक तथा कर्मचारीहरु को पलायन रोक्नको लागि अपनाउन सकिने बैकल्पिक उपायहरु, पर्यटन पुर्वाधारमा प्राथमिकता जस्ता बिषय हरुमा सुझाव दिइएको छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष श्री गोपि बहादुर भट्टराईले सबै ब्यबसायीहरुको मर्का र भावना समेटेर प्रदेश सरकारले बजेट ल्याउने बिश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका अर्थ सचीव श्री रमेश कुमार केसीले संचालन गर्नुभएको कार्यक्रममा अर्थमन्त्री माननीय किरण गुरुङले सुझावहरु नोट गर्दै प्रदेशको समृद्धिको आधार पर्यटननै भएकोले प्रदेश निति तथा कार्यक्रममा ब्यबसायिहरुका गुनासोहरु संबोधन गर्न अधिकतम प्रयास गरिने बताउनुभयो ।

महामारीका कारण सरकार संगपनि आफ्नै किसिमका सिमितता तथा बाध्यताहरु भएको समेत अर्थमन्त्री गुरुङले बताउनुभयो । पोखरा पर्यटन परिषदका महासचिव श्री रामचन्द्र शर्माले कार्यक्रम को सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply