पोखरा पर्यटन परिषद द्वारा अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर र स्वास्थ सामाग्री हस्तान्तरण

पोखरा पर्यटन परिषदले चीनबाट कोरोना संक्रमितको लागि अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटेर मेशिन सहित आवश्यक स्वास्थ्य सामग्री आज एक औपचारिक कार्यक्रम गरेर हस्तान्तरण गरेको छ ।

करिब ११ लाख मुल्य बराबरको उक्त सामग्री खरीदका लागि परिषदमा आवद्ध पर्यटन व्यवसायी संघसंस्था, नमस्ते कम्युनिटी फाउन्डेसन, अमेरिका मा रहेका पोखरेली शुभेच्छुक र अन्य पर्यटन व्यवसायीहरुले आर्थिक सहयोग गरेका थिए ।

सामाजिक उत्तरदायित्व तथा अफ्ट्यारो अबस्थामा प्रदेश सरकार संग हातेमालोगरि विशेष गरी कोभिड १९ का विरामीलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि अत्यावश्यक कोभिड अक्सिजन कन्सन्ट्रेटेर मेशिन ६ थान सहित अक्सिजन मेशिन (१० लिटर) चार थान, पिपिइ सेट पाँचसय थान, पञ्जा एकहजार पिस, मास्क १० हजार पिस स्वास्थ्य सामग्री ल्याइएको परिषदका महासचिव रामचन्द्र शर्माले जानकारी दिनुभयो । नमस्ते कम्यूनिटी फाउण्डेशन दुई थान अक्सिजन कन्सन्ट्रेटेर मेशिन सहयोग गरेको हो ।

पोखरा लेकसाइड स्थित माउन्ट कैलाश रिसोर्टमा आज बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता र पोखरा महानगरपालिका का मेयर मान बहादुर जिसिको बिशेष आतिथ्यता मा पोखरा स्वास्थ बिज्ञान प्रतिस्ठान (गण्डकी हस्पिटल), मातृशिसु मितेरी अस्पताल बाटुलेचौर तथा लेखनाथ सामुदायिक अस्पताल लाई हस्तान्तरण गरिएको छ ।

परिषद अध्यक्ष गोपि बहादुर भट्टराई तथा बरिस्ठ पर्यटन ब्यबसायी नरेश बहादुर भट्टराईको सकृय पहल मा छोटो समयमै उक्त स्वास्थ सामग्रीहरु पोखरा ल्याउन सफल भएकोमा मुख्यमन्त्री गुरुङले खुशी व्यक्त गर्नुभयो र मानव जीवन जोगाउनु अहिलेको प्रमुख आबस्यकता भएको बताउनुभयो । प्रदेशबासीहरु लाई यथासक्य कोरोना विरुद्धको खोपको लागि पहल गरिरहेको समेत उहाँले बताउनुभयो ।

Leave a Reply