आईपास नेपाल द्धारा प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयलाई अत्यावसकिय सामाग्री हस्तान्तरण

नेपालमा प्रजनन स्वास्थ्यको क्षेत्रमा कार्यरत गैह्र सरकारी संस्था आईपास नेपालले गण्डकी प्रदेश सरकारलाई कोभिड-१९ का लागि चाहिने अत्यावसकिय सामाग्रीहरु हस्तान्तरण गरेको छ । डब्लु.एच.ओ. गण्डकी प्रदेशमा कार्यरत डा.राजिव लालचनको समन्वयमा प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्मा लाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण समारोहमा बोल्दै डा. शर्माले संकटको घडिमा साथ दिने आईपास नेपाललाई आभार एवं धन्यबाद दिनु भएको थियो । उक्त सामाग्रीहरु प्रदेश स्थित अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु का लागि तत्कालै वितरण गरिने भन्दै कोभिड-१९ को पहिलो लहरमा पनि आईपास नेपालले प्रदेश सरकारलाई विभिन्न चरणमा सहयोग गरेको र उक्त सहयोग बाट अस्पताल, स्वास्थ्य संस्थाहरु र महिला स्वास्थ्य स्वयंसेविका समेत लाभान्वित भएको बताउनु भयो साथैअन्य गैह्र सरकारी संघ संस्थाहरुबाट पनि प्रदेश सरकारलाई सहयोग मिलेको थियो र मिल्दै गईरहेको समेत प्रष्ट पार्नु भयो ।

कोभिड-१९ को दोस्रो लहरको लागि प्रदेश सरकारलाई गुणस्तरिय पूर्ण पिपिई सेट ५० थान, सेनेटाईजर ८० बोतल, KN 95 मास्क २०० थान, सर्जिकल मास्क ६ हजार थान उपलब्ध गराईएको र अर्को चरणमा प्रदेश स्थित स्वास्थ्य कार्यलयहरु, अस्पतालहरु, स्वास्थ्य संस्थाहरु र महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई लक्षित गरि सहयोग गर्ने तयारी भईरहको कुरा आईपास नेपालका गण्डकी प्रदेश संयोजक थमकुमारी कुँवरले बताउनु भयो ।

आईपास नेपालले यस प्रदेशमा सुरक्षित गर्भपतन सेवा तथा परिवार नियोजन सेवाका लागि प्रदेश सरकार तथा स्थानिय सरकारहरुलाई आवश्यक प्राविधिक सहयोगहरु गर्दै आएको छ ।

Leave a Reply