राष्ट्रिय परीक्षा बोर्डले एसईई वैकल्पिक विधिबाट गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ।

-


     मर्दी न्युज    
     जेठ १६ गते २०७८ मा प्रकाशित


५ लाख १७ हजार विद्यार्थी हरुको प्रतिक्षारत एसईई परिक्षालाई बैकल्पिक विधिबाट गर्न राष्ट्रिय परीक्षा बोर्डले शिक्षा मन्त्रालय सँग अनुमति मागेको छ ।

कोभिड १९ को दोस्रो भेरियन्टले गर्दा जेठ १३ गते गर्ने भनि प्रश्नपत्र पनि छाप्ने प्रक्रिया अघाडि बढेको अबस्थामा एसईई र कक्षा १२ को परीक्षा तत्काल गर्ने सम्भावना नदेखिएकोले गर्दा गत वैशाख २७ मा स्थगित गरिएको थियो ।

गत वर्ष आन्तरिक मुल्याकंन को आधारमा गरिएको एसईई परीक्षा अब मन्त्रालयबाट आउने निर्णयका आधारमा गरिने भएको छ भने कक्षा १२ का लागि केहि समय पर्खने बोर्डले जनाएको छ ।