६,८२५ संक्रमित थपिए, ५९०४ जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     जेठ २० गते २०७८ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा एक हजार गरी ६,८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।