जापानमा कोरोना संक्रमण मुक्त हुने संख्या ७ लाख नाघ्यो

सन थापा,
जापान । जापानमा ७ लाख ४ सय जना कोरोना संक्रमण मुक्त भएका छन् ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमितको कुल संख्या ७ लाख ६१ हजार २ सय दुई पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या प्रिन्सेस क्रूजका १३ जना सहित १३ हजार ५ सय ४० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ६ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५६ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये १ हजार १ सय ५७ जनाको अवस्था गम्भीर रहेको छ भने ४३ हजार २ सय ११ जनाको उपचार भइरहेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

बिहीबार ५६ हजार ४ सय ८० जनाको पिसीआर परीक्षण गरिएको थियो ।

आज आठ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा ४ सय ३६, होक्काइदोमा २ सय ७६, ओकिनावामा २ सय ६१, खानागावामा २ सय २४, आईचीमा २ सय १८, ओसाकामा १ सय ७४, चिबामा १ सय ३७, साईतामामा १ सय १९ जना संक्रमित थपिए ।

धेरै संक्रमित प्रान्तहरू

टोकियोमा १ लाख ६३ हजार ३ सय २९, ओसाकामा १ लाख ७ सय २०, खानागावामा ६२ हजार ५ सय ६५, आईचीमा ४८ हजार ६ सय ५३, साईतामामा ४४ हजार ३ सय ६३, ह्योगोमा ४० हजार १ सय ४५, होक्काईदोमा ३९ हजार ३ सय नौ, चिबामा ३७ हजार ६ सय ६०, फुकुओकामा ३४ हजार ५ सय ६४, ओकिनावामा १८ हजार ३ सय १६ र क्योतोमा १६ हजार ६५ जना संक्रमित भएका छन् ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

ओसाकामा २ हजार ४ सय १२, टोकियोमा २ हजार ९५, ह्योगोमा १ हजार २ सय १४, होक्काइदोमा १ हजार १ सय ७९, खानागावामा ९ सय नौ, साईतामामा ८ सय, चिबामा ६ सय ६३, आईचीमा ८ सय ३९, फुकुओकामा ४ सय ७८ र क्योतोमा २ सय २१ जनाको मृत्यु भएको छ ।

Leave a Reply