टान पश्चिमाञ्चल क्षेत्रीय संघद्वारा राहत बितरण

कोरोना भाइरस (कोभिड-१९) को बिश्वब्यापि महामारीको सबैभन्दा धेरै असर पर्यटन ब्यबसायमा पर्न गएको छ। पर्बतिय पर्यटन (ट्रेकिङ तथा पर्बतारोहण) मा भरिया, नाइके तथा किचन ब्वाईको रूपमा दैनिक ज्याला /मजदुरिमा परिवारको पालनपोषण गर्दै आइरहेका बिपन्न र आधारभुत तहमा कामगर्ने जनशक्ति एकदमै मारमा परेका छन् ।

अघिल्लो बर्ष सन २०२० को सुरुदेखि नै कमाई नभएको र अब काम कहिले पाइने भन्नेकुराको पनि कुनै सुनिश्चित छैन। धेरै मजदुरहरु को घरमा चुल्हो बल्न नसक्ने अबस्था सृजना भएको छ ।
पर्यटन क्षेत्रको अग्रणी संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघ र युवा पर्यटन ब्यवसायी तथा समाजसेवी,कर्मा फ्लाइट्स एड्भेन्चर ट्रेक्स प्रा.लि. का निर्देशक प्रेम बहादुर कुँवरको सहकार्य साथै पोखरा महानगरपालिका वडा नं. ६ को संयोजनमा आज बिहान टानको कार्यालय शान्तिपाटन, लेकसाइडमा खाद्यान्न राहत बितरण कार्यक्रम सम्पन्न भयो ।

विभिन्न जिल्लाहरु बाट पोखरा आइ बसोबास गरेका ट्रेकिङ (पदयात्रा) आश्रीत गाइड तथा भरियाको रूपमा काम गर्ने एकसय पचास परिवारलाई राहत बाडिएको टानका उपाध्यक्ष तथा राहत कार्यक्रम संयोजक कृष्ण आचार्यले बताउनुभयो ।

प्रति परिवार २५ किलो चामल र त्यो सङ्गै दाल, खानेतेल, नुन, साबुन, गेडागुडी, मस्यौरा इत्यादि गरि रु. २४००/- मुल्य बराबरको खाद्यान्न बितरण गरिएको थियो । राहत लिन आउनेहरू लाई स्यानिटाइजर प्रयोग गर्न, मास्क लगाउन तथा आबस्यक भौतिक दुरि कायम गर्न लगाइएको थियो भने नेपाल प्रहरी र पर्यटन प्रहरीको आबस्यक सहयोग र निगरानी समेत रहेको थियो ।

राहत बितरण कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराई, नेपाल पर्यटन बोर्डका पुर्व बोर्ड सदस्य तथा टानका सल्लाहकार टिकाराम सापकोटा , नेपाल पर्यटन बोर्डका पुर्व बोर्ड सदस्य तथा डिटिआरसि का गण्डकी प्रदेश संयोजक अग्नि कँडेल, टानका पुर्व अध्यक्ष सोम बहादुर थापा, वडा नं. ६ का जनप्रतिनिधिहरु हरिकृष्ण पहारी र बिष्णु बहादुर भट्टराईको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा छोटो भनाई राख्दै पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष जगत बहादुर पहारीले यस्तो कठिन परिस्थितिमा ट्रेकिङ तथा पर्वतीय पर्यटन श्रमिकहरुलाई गरेको मानवीय सहयोगको सराहना गर्नुभयो भने टानका अध्यक्ष सुशीलराज पौडेलले पर्यटन श्रमिकहरु लाई पलायनहुन बाट रोक्नुपर्ने बताउदै यो अल्पकालीन तथा तत्कालै जरुरी राहत कार्यक्रममा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

Leave a Reply