जापानमा थप २२४२ जनामा कोरोना संक्रमण, ९६ को मृत्यु

सन थापा,
जापान, २६ जेठ । जापानमा २४ घण्टामा २ हजार २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९६ जनाको मृत्यु भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमितको कुल संख्या ७ लाख ६८ हजार ६ सय १८ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या प्रिन्सेस क्रूजका १३ जना सहित १३ हजार ८ सय ६८ जना पुगेको छ ।
७ लाख १४ हजार ४ सय ६६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
संक्रमितमध्ये १ हजार १ सय ५५ जनाको अवस्था गम्भीर रहेको छ भने ३७ हजार ६८ जनाको उपचार भइरहेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

सोमबार ५६ हजार ४ सय ७८ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

आज आठ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा ४ सय ४०, आईचीमा २ सय ४७, खानागावामा २ सय दुई, होक्काइदोमा १ सय ७९, ओकिनावामा १ सय ७४, ओसाकामा १ सय ५३, साईतामामा १ सय २१ चिबामा १ सय छजना संक्रमित थपिए ।

धेरै संक्रमित प्रान्तहरू

टोकियोमा १ लाख ६४ हजार ७ सय २४, ओसाकामा १ लाख १ हजार २ सय ७६, खानागावामा ६३ हजार ३ सय ६८, आईचीमा ४९ हजार ३ सय ३६, साईतामामा ४४ हजार ६ सय ९२, ह्योगोमा ४० हजार ३ सय ५७, होक्काईदोमा ३९ हजार ९ सय ३८, चिबामा ३७ हजार ९ सय ९०, फुकुओकामा ३४ हजार ७ सय ९१, ओकिनावामा १८ हजार ९ सय ३६ र क्योतोमा १६ हजार २ सय २० जना संक्रमित भएका छन् ।

Leave a Reply