मन्त्री मनाङे बर्खास्त

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे पदबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई विहीवार साँझ बर्खास्त गरेका हुन् । 

मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बाले विश्वासको मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बनेका थिए ।

मनाङेले कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग गर्ने घोषणा गरेका छन् ।मनाङेले साथ दिएमा कृष्णचन्द्रको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन हुनेछ । अहिले एमालेतर्फ २७ सांसद छन् । कांग्रेस नेतृत्वको गठबन्धनमा ३० सांसद छन् । 

Leave a Reply