आज देशभरको मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्का र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, वाग्मती प्रदेश, लुम्विनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले छ। भारी वर्षा हुने स्थानमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट एक दुई दिनमा मनसुनको आगमन हुने जनाएको छ।

Leave a Reply