टोकियोमा चौथोपटक आपतकाल, डेल्टा भेरियन्ट फैलिएको प्रति विज्ञहरूद्वारा चिन्ता व्यक्त

सन थापा,
जापान । जापान सरकारले टोकियोमा आजदेखि चौथोपटक आपतकालीन अवस्था लागू गरेको छ । कोरोना संक्रमण पुनः वृद्धि भएपछि टोकियोसँगै दक्षिणी टापू ओकिनावा पनि अगस्ट २२ सम्म आपतकाल जारी रहनेछ । त्यसैगरी साईतामा, चिबा, खानागावा र ओसाकामा संक्रमण रोकथामको उपाय अवलम्बन गरिने अधिकारीहरूले बताएका छन् । बार, रेष्टुरेन्टहरूलाई बेलुका ८ बजे बन्द गर्न र मदिरा नबेच्न आग्रह गरेका छन् । मुख्य क्याबिनेट सचिव काचुनोबु कातोले सञ्चार संस्था एनएचकेमा बोल्दै संक्रमण रोकथामको नियम पालना गर्न आग्रह गरे । उनके व्यबसायीहरूलाई सहकार्य गरी अनुदान दिने बारे बिचार भईरहेको बताए ।
यस अवधिमा जूलाई २३ बाट सुरु हुने टोकियो ओलम्पिक र ओबन बिदामा हुने आवागमनमा संक्रमण फैलने भन्दै रोकथामको लागि आग्रह गरेको छ । यसैबिच स्वास्थ्यविज्ञहरूले टोकियो, साईतामा, खानागावा, चिबा लगायतका प्रान्तमा पछिल्लो पटक भेटिएको डेल्टा भेरियन्ट फैलिएकोप्रति चिन्ता व्यक्त गर्दै सचेत रहन आग्रह गरेको छ ।

२४ घण्टामा १५०६ जना संक्रमित तीनको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ५ सय छजनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तीनजनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमितको कुल संख्या ८ लाख २२ हजार ८ सय पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या प्रिन्सेस क्रूजका १३ जना सहित १४ हजार ९ सय ७३ जना पुगेको छ ।
प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित जापानमा ७ लाख ८७ हजार २ सय ४० जना कोरोना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये ४ सय ३२ जनाको अवस्था गम्भीर रहेको छ भने १८ हजार ३ सय ३२ जनाको उपचार भइरहेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

बिहीबार ४७ हजार ३ सय ५६ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

आज पाँच प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा ५ सय दुई, खानागावामा २ सय ८०, चिबामा १ सय १४, साईतामामा १ सय १० र ओसाकामा १ सय पाँच जना संक्रमित थपिए ।

Leave a Reply