एनटिभिए गण्डकी प्रदेश द्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

पोखरा । नेपाल पर्यटक यातायात ब्यबसायी संघ (एनटिभिए), गण्डकी प्रदेशको आयोजनामा आज बिहान बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ६ बैदाम, नहरमार्ग नजिकै पहिरोग्रस्त क्षेत्र तथा खाली पाखामा निम, धुपी, लप्सी , हररो, बर्‍रो, अमला, सुपर नेपियर जातको बिरुवाहरु गरि सातसय पचास बिरुवा रोपिएको छ ।

छोटो औपचारिक कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभासद माननीय राजिव पहारीले आफ्नो मन्तव्य राख्दै बाढी पहिरो भूक्षय रोक्न र प्राकृतिक सुन्दरता कायम राख्न बृक्षरोपणनै अचुक उपाय रहेको बताउनुभयो । फेवातालको संरक्षण तथा सौन्दर्यिकरण, सडक निर्माण तथा स्तरोन्नति लगायतका बिकाश निर्माणका काममा आफुले पहलगरेको र आफू जनप्रतिनिधि भएकोले जनताको सेवामा लागिपर्ने बताउनुभयो ।

नेपाल पर्यटक यातायात ब्यबसायी संघ, गण्डकी प्रदेशका अध्यक्ष बोबर जंग गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष बाबुराम पाण्डेले स्वागत मन्तब्य राख्नुभएको थियो भने संस्थापक अध्यक्ष मदन शर्मा खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो साथै महासचिव सुरेश दाहालले कार्यक्रम संचालन गर्नुभएको थियो ।

बर्षाको बाबजुद पनि संस्थाका सदस्यहरु, पोखरा पर्यटन परिषद आबद्ध संघसंस्थाका अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिहरुको सक्रिय उपस्थित रहेको थियो ।

Leave a Reply