जापानमा ८ लाख जना कोरोना संक्रमण मुक्त, ४६ हजार संक्रमित

सन थापा,
जापान । साउन ५ (जूलाई २०) । जापानमा ८ लाख १ हजार ९ सय ९६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित जापानमा संक्रमितको कुल संख्या ८ लाख ४८ हजार २ सय ९७ पुगेको छ भने ४६ हजार ३ सय एक जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै २० जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या प्रिन्सेस क्रूजका १३ जना सहित १५ हजार ५ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

संक्रमितमध्ये ४ सय छ जनाको अवस्था गम्भीर रहेको छ भने २६ हजार ६ सय १२ जनाको उपचार भइरहेको छ ।

आईतबार १७ हजार ५ सय ५७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

आज आठ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा १ हजार ३ सय ८७, खानागावामा ४ सय ३३, साईतामामा ३ सय १४, ओसाकामा ३ सय १३, चिबामा १ सय ९९, ओकिनावामा १ सय ५४, ह्योगोमा १ सय २९, होक्काईदोमा १ सय चार जना संक्रमित थपिए ।

Leave a Reply