थप २,७१४ जनामा संक्रमण, १,२८८ जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     श्रावण ७ गते २०७८ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा २,७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार २८८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ६६१ पुगेको छ ।