गण्डकीमा मन्त्रिपरिषद विस्तार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज शुक्रबार ६ जना सांसदलाई मन्त्री नियुक्त गरेका हुन । नव नियुक्त मन्त्रीले प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुमा रामजी बराल आर्थिक मामिला तथा योजना भएका छन । माओवादीकै दीपक चर्तीमगर वन तथा वातावरण र चन्द्रबहादुर बुढा कृषि तथा सहकारी मन्त्री भएका छन् ।
कांग्रेस सांसद मणिभद्र शर्मा कँडेल उद्योग पर्यटन मन्त्री नियुक्त भएका छन् भने विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री नियुक्त भएका छन् । त्यस्तै स्याङ्जाका मेखलाल श्रेष्ठले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नयाँ मन्त्रीको नियुक्तिसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ । यसअघि उनले अरु ४ जनालाई विना विभागीय मन्त्री बनाएका थिए । कांग्रेसबाट कुमार खड्का, जनता समाजवादीका हरिशरण आचार्य, माओवादीकी मधुमाया अधिकारी गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) २९ जेठमै मन्त्री नियुक्त भएका थिए । पछि उनीहरुलाई मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

Leave a Reply