पर्यटन प्रबर्द्धन गर्नको लागि कलाकार सहितको टोलि लोमान्थाङ्ग तर्फ

-


     मर्दी न्युज    
     श्रावण ८ गते २०७८ मा प्रकाशित


उपल्लो मुस्ताङको पर्यटन प्रबर्द्धन तथा थप संभावनाहरु को अध्ययन गर्न र कोरोनाको दोस्रो लहरका कारण थलिएको पर्यटन ब्यबसाय लाई चलायमान बनाउन विभिन्न बिधामा ख्याति कमाएका ब्यक्तिहरुको टिम लोमान्थाङ्ग तर्फ लाग्दै छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ्ग नजिक नाम्गेल गाउँमा जन्मिएर काठमाडौंमा कर्मथलो बनाएका टाशी बिस्टको नेतृत्वमा निक्लेको टिममा नेपाली रजतपट का चर्चित नायक कर्म, परम्परागत कला कौशलमा रुचि तथा बिद्द्ता भएका निरज जोशी , हिमाल तथा चटान आरोही बिकाश गुरुङ , स्पोर्ट् क्लाइम्बिङ्ग मा एकपटक बिश्वकप र दुईपटक बिश्व च्याम्पियनमा भाग लिएका निरज कार्की , साहशिक गतिविधिमा रुचि राख्ने राधा गुरुङ र सरस्वती रश्मि शाक्य लगायतको टिम आज पोखरा आइपुगेको छ ।

साल्ट रुट नामक ट्राभल कम्पनीका संचालक समेत रहेका बिष्टका अनुसार टोलिले लोमान्थाङ्ग लाई केन्द्र बनाएर आसपासका गाउँहरु, गुम्बाहरु, अरनिको चुलि लगायत अन्य हिउँचुलीहरु को बिस्तृत विवरण संकलन गर्ने, फोटोहरु सहितको प्रोफाइल तयारगर्ने , केक्याप पासहुँदै डोल्पा जाने पदमार्गको अध्ययन गर्ने , लोमान्थाङ्ग बाट धे तथा ताङ्गेगाउँ बाट सारेबुङ्ग पासहुँदै नारफु निस्किने पदमार्गको रिपोर्ट तयार गर्ने लगायतका काम गर्ने छ ।

साथै चराङ्गखोला, धे खोला र कालीगण्डकीको संगमस्थल बाट जोमसोम सम्म राफ्टिङ्ग गर्नको लागि संभाब्यता अध्ययन गर्ने टोलीका सदस्य बिकाश गुरुङले बताउनुभयो ।