टोकियो ओलम्पिक समापन ३९ स्वर्णपदक सहित शीर्षस्थानमा अमेरिका

-


     मर्दी न्युज    
     श्रावण २४ गते २०७८ मा प्रकाशित


सन थापा,
जापान, २४ साउन ।
विश्व खेलकूदको महाकुम्भ ३२ औं ग्रीष्मक़ालीन टोकियो ओलम्पिक २०२० जापानको टोकियोमा समापन भएको छ । आइतबार अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्षले थोमस वाचले समापन भएको घोषणा गरे ।जूलाई २३ का उद्घाटन भएको टोकियो ओलम्पिकमा
विभिन्न ३३ खेलमा २ सय चार देश र शरणार्थी खेलाडी गरी ११ हजार भन्दा बढीको सहभागिता रहेको थियो ।

यस्तो छ पदक तालिका
३९ स्वर्ण, ४१ रजत र ३३ काँस्य गरी १ सय १३ पदक जितेको अमेरिका पहिलो स्थानमा रहन सफल भयो दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ काँस्य गरी ८८ पदक जितेको छ ।
आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ काँस्य गरी ५८ पदक सहित तेस्रो स्थानमा रह्यो । त्यस्तै २२ स्वर्ण २१ रजत र २२ काँस्य गरी ६५ पदक जितेको इंग्ल्याण्ड चौथो स्थानमा उक्लियो ।

रसियन ओलम्पिक कमिटी (आरओसी) ले २० स्वर्ण, २८ रजत र २३ काँस्य गरी ७१ पदक सहित पाचौ स्थानमा र १७ स्वर्ण सात रजत र २२ काँस्य गरी ४६ पदक जितेको अस्ट्रेलिया छैटौं स्थानमा रहेकोछ । १० स्वर्ण, १२ रजत र १४ काँस्य गरी ३६ पदक जितेको नेदरल्याण्ड सातौं स्थानमा छ भने फ्रान्स १० स्वर्ण १२ रजत र ११ काँस्य गरी ३३ पदक सहित आठौं स्थानमा उक्लेको छ ।

जर्मनले १० स्वर्ण ११ रजत र १६ काँस्य गरी ३७ पदक जितेर नवौं स्थानमा र इटलीले १० स्वर्ण १० रजत र २० काँस्य गरी ४० पदक सहित १० औं स्थानमा झरेको छ ।

त्यसैगरी क्यानाडा सात स्वर्ण छ रजत र ११ काँस्य पदक सहित ११औं स्थानमा र सात स्वर्ण छ रजत र आठ काँस्य पदक जितेको ब्राजिल १२ औं स्थानमा उक्लेको छ । त्यस्तै सात स्वर्ण छ रजत र सात काँस्य पदक जितेको न्यूजिल्याण्ड १३औं स्थानमा र क्युबा सात स्वर्ण तीन रजत र पाँच काँस्य पदक सहित १४ औं स्थानमा उक्लेको छ । हंगेरी छ स्वर्ण सात रजत र छ काँस्य पदक सहित १५औं स्थानमा र दक्षिण कोरिया छ स्वर्ण, चार रजत र १० काँस्य पदक जितेर १६ औं स्थानमा रहेकोछ ।

चार स्वर्ण, पाँच रजत र पाँच काँस्य पदक सहित पोल्याण्ड १७ औं स्थानमा रहेको छ भने चेक गणतन्त्रले चार स्वर्ण चार रजत र तीन काँस्य पदक जितेर १८ औं स्थानमा कायमै छ । चार स्वर्ण चार रजत र दुई काँस्य पदक जितेको केन्या १९ औं स्थानमा उक्लदा चार स्वर्ण दुई रजत र दुई काँस्य पदक जितेको नर्वे २०औं स्थानमा रहेको छ । चार स्वर्ण, एक स्वर्ण र चार काँस्य जितेको जमैका २१ औं स्थानमा रह्यो । प्रतियोगीतामा ११ देशले तीन-तीन स्वर्ण, ११ देशले दुई-दुई स्वर्ण, २२ देशले एक-एक ओटा स्वर्णपदक जितेका छन् ।