जापानमा १९ हजार बढीमा कोरोना संक्रमण, ५०को मृत्यु

सन थापा,
जापान, भदौ १३ । जापानमा आईतबार १९ हजार ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५० जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ सहित कोरोना संक्रमितको कुल संख्या १४ लाख ६१ हजार २६ पुगेको छ । १३ जना सहित मृत्यु हुनेको संख्या १५ हजार ९ सय ७१ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै ११ लाख ७३ हजार ७ सय ७१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
छ प्रान्तमा १ हजार भन्दा बढी र २५ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा ३ हजार ८१, ओसाका २ हजार ३ सय ८९, खानागावा २ हजार ३ सय ६२, साईतामा १ हजार ४ सय ६३, आईची १ हजार ३ सय ८५, चिबा १ हजार २ सय सात जना थपिए । त्यस्तै २ सय बढी संक्रमित अन्य प्रान्तहरूमा फुकुओका ९ सय ५७, ह्योगो ९ सय १६, ओकिनावा ५ सय ८०, सिजुओका ४ सय ९९, क्योतो ४ सय ६९, होक्काईदो ३ सय ५९, मिए ३ सय ४३, हिरोसीमा २ सय ८४, गिफु २ सय ६८, इबाराकी २ सय २१, नारा २ सय १० जना संक्रमित थपिए ।

संक्रमितमध्ये २ हजार ७० जनाको अवस्था गम्भीर रहेको छ भने २ लाख ३१ हजार ३ सय ५९ जनाको उपचार भइरहेको छ । बिहीबार १ लाख २ हजार ७ सय ८४ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

Leave a Reply