जापानमा १० हजार बढी कोरोना संक्रमित थपिए, १९ प्रान्तमा आपतकाल थप्ने निर्णय

सन थापा, जापान । जापानमा बिहीबार १० हजार ४ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८८ जनाको मृत्यु भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा कोरोना संक्रमितको कुल संख्या १६ लाख १६ हजार ८ सय २६ पुगेको छ । त्यस्तै प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १६ हजार ६ सय ५२ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । १४ लाख २४ हजार ५ सय ७२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
तीन प्रान्तमा १ हजार भन्दा बढी र १७ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए ।

संक्रमितमध्ये २ हजार १ सय ७३ जनाको अवस्था गम्भीर रहेको छ । १ लाख ५७ हजार ७ सय १३ जनाको उपचार भइरहेको छ । मंगलबार ८५ हजार ५ सय ११ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

यसैबिच जापान सरकारले हाल कायम रहेको २१ प्रान्तको आपतकाललाई सेप्टेम्बर ३० सम्म थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री योसिहिदे सुगाले संक्रमण दर केही घटे तापनि गम्भीर बिरामीको संख्या बढेकोले विशेषज्ञहरूको सुझाव अनुसार आपतकाल थप्ने निर्णय गरिएको बताए ।

टोकियो, साईतामा , खानागावा, चिबा, इबाराकी, तोचिगी, गुन्मा, ओसाका,ह्योगो, क्योतो, आइचि, सिजुओका, गिफु, मियागी, होक्काईदो, मिए, सिगा, ओकायामा, हिरोसीमा, फुकुओका, ओकिनावा प्रान्तमा सेप्टेम्बर १२ सम्म आपतकाल जारी गरिएको थियो । यी प्रान्त मध्ये ओकायामा र मियागीमा अर्धआपतकालमा परिवर्तन गरिने र बाँकी प्रान्तमा आपतकाल थपिने जनाईएको छ ।

Leave a Reply