रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको २७औं बार्षिक साधारणसभा सम्पन्न

पोखराको अग्रणी पर्यटन सम्बद्द संस्था रेस्टुरेन्ट एण्ड बार एसोसिएसन ( रेबान) पोखराको २७औं बार्षिक साधारणसभा लेकसाइड स्थित माउन्ट कैलाश रिसोर्टको सभाहलमा सम्पन्न भएको छ ।

व्यावसायिक हकहित तथा सुरक्षाका आबाज उठाउदै आएको  र रेस्टुरेन्ट तथा बार व्यावसायिहरु लाई  संगठित गर्दै आएको रेबान पोखराले नेपालकै चर्चित पोखरा सडक महोत्सव जस्ता प्रबर्द्धनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

शुभकामना मन्त्तब्य दिने क्रममा कार्यक्रमका बिशेष अतिथि नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश पोखराका प्रमुख काशी राज भण्डारीले कोरोनाको कहरले ब्यबसाय थला परेको बेलापनि विभिन्न मानबिय कार्यहरू र मजदुरहरुलाई राहत बितरण, सदस्य तथा मजदुरहरु लाई कोरोना विरुद्धको खोपको ब्यबस्था गरेकोमा  खुसी व्यक्त गर्नुभयो। खानाको माध्यम बाट पोखरालाई बिश्व प्रख्यात बनाउन  रेबानको महत्त्वपूर्ण भुमिका रहेको समेत उहाँले जोड्नुभयो । पोखरा महानगरपालिका वडा नं:-६ का वडा अध्यक्ष जगत बहादुर पहारीले बिकाश निर्माणका कामहरु, फेवातालको सौर्न्दयिकरण, बसुन्धरा पार्क र कोमागाने पार्कको उचित ब्यबस्थापनका बारेमा आफ्नो भनाई राख्नुभयो । प्रमुख अतिथिको मन्तव्य राख्दै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराईले अब ब्यबसाय खोल्नुपर्ने  र कमसेकम आन्तरिक पर्यटनलाई चलायमान गराउनुपर्ने बताउनुभयो । रत्न मंदिर तथा हिमागृह खुल्ला गर्नसकेमा पर्यटकहरुको बसाइ लम्बिने कुरामा उहाँले जोड दिनुभयो साथै  रेबानले गरेका कामहरुको प्रसंशा गर्नुभयो ।

अध्यक्ष लक्ष्मण बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महासचिव बिकाश भट्टराईले आ ब २०७७/७८ को प्रगति बिबरण र २०७८/७९ का प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो भने प्रथम उपाध्यक्ष नरेश भट्टराईले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको दौरान रेवानलाई विभिन्न समयमा सहयोग पुर्याउने ब्यक्ति तथा संस्थाहरु लाई प्रसंशा-पत्र तथा मायाको चिनोहरु प्रदान गरिएको थियो भने नयाँ सदस्यहरु लाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो ।

Leave a Reply