थप १,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा देशभर गरी थप १ हजार ७६० जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १ हजार ३३२ जना र ४ हजार ३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १ हजार ७६० जनामा संक्रमण भएको छ ।

बुधवार १ हजार २२० जना निको भएका छन् भने ७ जनाको संक्रमणका कारण मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या २६ हजार ३०३ छ ।

Leave a Reply