चितवन–२ को उपनिर्वाचन वैशाख १० गते
निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रवि लामिछाने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भएको भनी सर्वोच्च अदालतबाट मिति २०७९÷१०÷१३ मा आदेश भई आएको र सङ्घीय संसद्को च।नं…
पुरा पढौ
आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैनः अर्थमन्त्री
काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि राखेको आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने भएको छ । आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटले राखेको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न नसकिने बताएको हो । “अर्थतन्त्रको विद्यमान प्रवृत्ति आँकलन गर्दा आठ प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने चालु आर्थिक वर्षको लक्ष्य पूरा हुने देखिँदैन”, अर्थमन्त्री पौडेलले भने । कृषितर्फ धानको उत्पादनमा यसवर्ष केही वृद्धि हुने अनुमान रहेको र पर्यटन क्षेत्र क्रमशः…
पुरा पढौ
सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौँ, २९ माघ । सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । विसं २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको…
पुरा पढौ
अर्थतन्त्रको समस्या समाधान गर्न प्रयत्नरत छु : अर्थमन्त्री
काठमाडौँ, २९ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रको समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्दै आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनका सम्बन्धमा वक्तव्य दिँदै उनले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वित्तीय क्षेत्रमा देखापरेका सम्पूर्ण समस्या समाधान गर्न प्रयास केन्द्रित गरेको बताए । “निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास जोगाउन, सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई विश्वसनीय र सहयोगी बनाउन, राजस्व परिचालनमा देखिएको विकृति र विचलनलाई सुधार ल्याउन बजेट कार्यान्वयनमा विद्यमान समस्यमा समाधान गर्न…
पुरा पढौ
नेप्सेमा उच्च अङ्कको गिरावट
काठमाडौँ, २९ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८६ कायम भएको छ । आज दुई सय ५३ वटा कम्पनीको ८१ लाख ३९ हजार आठ सय ४० कित्ता शेयर ५१ हजार दुई सय २६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब चार करोड ७७ लाख ३९ हजार आठ सय १२ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचकमा गिरावट देखिएको…
पुरा पढौ
महेन्द्रपुलमा निजी गाडीले पैदलयात्रीलाई ठक्कर दिंदा दुई घाइते
पोखरा । पोखराको महेन्द्रपुलमा एक निजी गाडीले सडक पार गरिरहेका यात्रुलाई ठक्कर दिंदा दुई जना घाइते भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता शिवप्रसाद पाठकका अनुसार घाइते हुनेमा म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ३ की ५२ वर्षकी फूलमाया विक र उनका १८ वर्षका छोरा विष्णु विक रहेका छन् । घाइते दुवैलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको छ । उनीहरुको अवस्था मध्यम रहेको बताइन्छ । तीब्र गतिमा रहेको बा १३ च २६६२ नम्बरको पजेरोले पैदलयात्रीलाई ठक्कर दिएपछि पुलको बारमा…
पुरा पढौ
बेनी–जोमसोम सडक दैनिक साढे छ घण्टा बन्द हुने
म्याग्दी, २९ माघ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आगामी फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११ः३० देखि १ः३० र राति ८ः३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिए । एम्बुलेन्सलगायत…
पुरा पढौ