Author Archive

पर्यटन र वातावरणीय सरसफाइः अबको बाटो

पोखरा । विश्व सदा आधुनिकतातर्फ उन्मुख छ, नेपाल अछुतो रहने कुरै भएन। आधुनिकताले मान्छेलाई अल्छि र लोभी बनाउदै लगेको र फलस्वरूप वातावरणीय असन्तुलन तथा विकृतीहरु ल्याएको बारेमा आफ्नो अनुभव लेख्न मनलाग्यो। साथै हामीले हाम्रो बच्चाहरुलाई कस्तो किसिमको वातावरणमा हुर्काउँदैछौ भन्ने बारेमा पनि केहीकुरा सुनाउनको लागि यो लेख पस्किएको छु। पेशाले पर्यटनकर्मी (ट्रेकिङ गाइड) भएको नाताले पेशागत सेरोफेरोमा रहेर विश्लेषण गर्दा ३० वर्ष अगाडिको ट्रेकिङ व्यवस्थापन गर्ने तरिका, अतिथि सत्कार गर्ने तरिका, खानपिन गर्ने तरिका र फोहोरमैला व्यवस्थापन गर्ने तरिका आदिमा… पुरा पढौ

पर्वतीय पर्यटन मजदुरहरुको जीविकोपार्जन र रोजगारीको सवालमा युनिट्राभ गण्डकी प्रदेशको धारणा यस्तो आयो

कोभिड–१९ को महामारीको कारण समग्र विश्वकै पर्यटन उद्योगमा नकारात्मक असर परेको सर्बबिदितै छ । नेपालको पर्यटन उद्योग मुलतः सिजनमा आधारित हो । अघिल्लो वर्षको शरद ऋतुसम्म ठिकठिकै चलेको व्यवसाय र त्यसले सिर्जना गर्ने रोजगारी हिउँदमा सुस्ताउने सामान्यनै थियो । त्यस मानेमा विशेषगरि हिमाल, पहाड केन्द्रित पर्यटन व्यवसाय पुस महिनादेखि नै खासै चलायमान नभएको परिवेशमा कोरोना कहरका कारण चैतदेखि ठप्प छ । जसका कारण पर्वतीय पर्यटन मजदुर तथा श्रमिकहरु झन्डै ९ महिना पुर्ण रूपमा बेरोजगार भएका छन । राष्ट्रिय तथा स्थानीय… पुरा पढौ

कोरोना प्रभावित पर्यटन मजदुरलाई ल्याएको रोजगारी कार्यक्रमले झन बढायो आक्रोश

पोखरा । विश्वव्यापी महामारी कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित पर्यटन ब्यबसाय तथा आश्रीत मजदुरहरु नै हुन। साउन १५ गतेबाट ट्रेकिङ, ट्राभल लगायतका बुकिङ गर्ने अफिसहरु खुल्न थालेका थिए भने भदौ १ गतेबाट लामो दुरिका बसहरु अनि आन्तरिक उडानहरु सुचारु गर्ने तयारी थियो। नेपालमा आज एकैदिनमा एक हजारभन्दा बढी संक्रमितहरु थपिएकोले स्थिति झन भयावह बन्दैछ। पोखरा, काठमाडौं लगायत थुप्रै ठाउँमा झन्डै कर्फ्यु जतिको कडा लकडाउन शुरु हुने भएकोेले पर्यटन व्यवसाय अँध्यारो अनिश्चिततातर्फ जाने देखिन्छ। ट्रेकिङ र पर्वतारोहण नेपालको पर्यटन क्षेत्रका जिवनरेखा… पुरा पढौ

दिगो पर्वतीय पर्यटन सञ्जालको सक्रियताले सकारात्मक भूमिका खेल्दै

पोखरा, १६ असार ।दिगो पर्वतीय पर्यटन सञ्जाल  (Sustainable Mountain Tourism Network) ले तयार पारेको ‘समुन्द्र सतह देखि २५०० मिटर भन्दा उचाईको पदयात्रामा अनिवार्य पथ प्रदर्शक (Guide) लागु गर्नु पर्ने प्रवधान सहितको तीन महले सुझाव’ संस्कृति तथा पर्यटन मन्त्रालयले प्रस्ताव गरेको मस्यौदा विधेयक २०७७ मा उचाई नै तोकेर समेट्नु पर्ने विषयमा सरोकारवालासँग छलफल गरेका छन् । सोमवार सञ्जालले प्रस्ताव गरेको ३९ बुँदे माग पर्वतीय पर्यटनमा आवद्ध सरोकारवालाहरु (पदयात्रा तथा पर्वतारोहण व्यवसायी र समस्त पर्यटक गाईड र मजदुर)सँग संवन्धित सुझावहरुको विषयमा पथ… पुरा पढौ

चराको बचेराको शिवपुरी–शुक्लाफाँटा हुँदै पोखरामा नाम जुर्यो

पोखरा । शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जको कार्यालयमा एकाबिहानै देखिको एउटा चराको बचेरोले चिफवार्डेन डिलबहादुर पुनको ध्यान खिच्यो । कार्यालय भित्रै आएको बचेरो केहि लठ्ठिएको जस्तो देखेपछि घाईते छ कि भनेर ओल्ट्याई पल्टाई गरेपछि अलि तंग्रियो र फुत्त तल झर्यो त्यहिबेला उनले फोटो खिचे । केहिबेरमा अबलोकनका लागी सुरक्षित रुपमा कार्यालय प्रांगणमा राखिएको उक्त बचेरो भुर्र उडि जंगल तर्फ उड्यो । निमेश भरमै उडेको त्यस बचेरो के हो भन्ने तिर उत्त्सुकता जाग्यो र आफ्ना साथी समक्ष म्यासेन्जरमा फोटो पठाएर सोध्न लाग्नु भयो,… पुरा पढौ

आजको विरोध प्रदर्शन बन्द गर

केहि दिन देखि राजधानी काठमाडौं लगायत देशका प्रमुख शहरहरुमा स्वतन्त्र युवा समुहको नाममा सरकार बिरोधि प्रदर्शनहरु भइरहेका छन। कोरोना महामारीको बीचमा भएको भ्रष्टाचार, अनियमितता, संसदमा प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिको बिरोध तथा पिसिआर टेस्ट बढाउनपर्ने लगायतका मागहरू सतहमा देखिएका छन। आन्दोलनको उद्देश्य, माग, स्थापित गर्न खोजेको कुरा, नेतृत्व, निकास आदि कुनै स्पस्ट कुरा नदेखिएकाले यो विशुद्ध फ्रस्टेसन कम गर्न, मनोरञ्जन गर्न सडकमा निस्केको भन्ने कतिपयको निष्कर्ष छ। सामाजिक सन्जाल फेसबुकमा COVID-19 Nepal: Enough is Enough ग्रुप खोलेको केहि दिनमै एकलाख एकसट्ठी… पुरा पढौ

आज अन्नपूर्ण आरोहण दिवस, लकडाउनको कारण औपचारिक कार्यक्रम नगरिने

पोखरा, २१ जेठ । सन १९५० को जून ३ तारीख (आजकै दिन) फ्रेन्च नागरिकहरु मौरिस हर्जोग र लुइस लाचेनलले अन्नपूर्ण हिमशृङ्खलाको सबैभन्दा अग्लो चुचुरो अन्नपूर्ण प्रथम (८०९१ मि.) को सफलतापुर्वक आरोहण गरेका थिए । आठ हजार मिटर भन्दा अग्लो चुचुरोमा मानव पाइला पुगेको यो पहिलोदिन थियो । हिमाल आरोहणको दृष्टिकोणबाट अन्नपूर्ण प्रथमलाई जेठो हिमालको रूपमा लिइन्छ । आजभन्दा ठीक ७० वर्ष अगाडिको त्यो एतिहासिक दिनले विभिन्न किसिमका कीर्तिमान र मानव जगतकै लागि नयाँ प्रेरणा र हौसला थपेको थियो । फ्रान्सबाट… पुरा पढौ