ताजा समाचार

सरकारले १२ दिन लम्ब्याउदै लकडाउन वैशाख १५ सम्म जारी राख्ने निर्णय

काठमाडौं, २ वैशाख । मंगलवार बसेको मन्त्रिपरिषद्को नियमित बैठकले लकडाउनलाई १२ दिन बढाउने निर्णय गरेको छ । नयाँ कोरोनोको संक्रमित थपिएसँगै लकडाउनलाई बढाएर वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिंदै गर्दा आइतबार कोरोना संक्रमित थप भई देशमा हालसम्म… पुरा पढौ

कोरोना शंकास्पद काठमाडौंका तीनमध्ये २ जनाको रिपोर्ट पोजेटिभ

काठमाडौं, २ वैशाख । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जनाको रिपोर्ट आउन बाँकी छ । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । हिजै थप परीक्षण गर्न उनीहरूको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पिसिआर मेसिनमा गरिएको परीक्षणमा दुई जनाको नतिजा पोजेटिभ देखिएको पाटन अस्पताल स्रोतले जानकारी दिएका छन् । अस्पतालमा भर्ना भएका दुई जनामा कोरोनाको संक्रमण पुष्टि… पुरा पढौ

रौतहटमा एक युवकमा देखियो कोरोना संक्रमण

पोखरा, १ वैशाख । रौतहटका एक १९ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज सोमवार गरिएको परीक्षणमा कैलालीको लम्कीचुहाकी ६५ वर्षीया महिला र रौतहटमा क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएको हो । यी दुई केश थपिएसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ । आइतबार मात्रै पर्साको वीरगंज महानगरपालिका–२, छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका रहेकाको परीक्षण गर्दा तीन जना पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो । प्रवक्ता डा. विकास देवकोटोले हिजो आइबार तीनजनाको संसर्गमा रहेका व्यक्तिहरु तथा उनीहरु गएको स्थानको… पुरा पढौ

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं, २५ चैत । राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको हो । कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो । कोरोना भाइरस संक्रमणको जोखिमका कारण बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको हो । कोरोना भाइरसका कारण चैत ६ गतेबाट हुने एसईई… पुरा पढौ

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं, २४ चैत । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । गभर्नर छनौटका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा राष्ट्र बैंककै पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव एवं राष्ट्रिय सूचना आयोगका निवर्तमान पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाको समितिले गभर्नरमा तीनजनाको नाम सिफारिश गरेको थियो । पुरा पढौ

वैशाख ३ गतेसम्म लकडाउन थपियो

पोखरा । दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा न्यूनीकरणका लागि लकडाउनलाई २१ दिन पुर्याएको छ । चैत ११ गतेदेखि सुरु गरेको लकडाउनलाई सरकारले दोस्रोपटक थप गरेर २५ गतेसम्म पु¥याएको थियो । पुरा पढौ

अन्नपूर्ण गाउँपालिकाका एक युवकद्वारा झुन्डिएर आत्महत्या

पोखरा, २४ चैत । कास्की अन्नपूर्ण गाउँपालिका वडा न.ं ११, घान्द्रुकस्थित सामरोङ्गका ३६ बर्षीय प्रेम गुरुङले आत्महत्या गरेका छन् । हिजो बेलुका करिब १० बजे घर नजिकैको रुखमा झुन्डिएर उनले आत्महत्या गरेको प्रहरीले बताएको छ । आत्महत्या बारे बिस्तृत कारण खुल्नसकेको छैन । लासको पोस्ट मार्टमको लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको कुरा घान्द्रुक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनबहादुर क्षेत्रीले मर्दीन्युजलाई बताए । मृतकको दुई छोरी र श्रीमती छन् । पुरा पढौ