फोटो ग्यालेरी मुन्धुम ट्रेलमा बौद्धमार्गीको माने: मुन्धुम ट्रेलअन्तर्गत पर्ने पर्यटकीयस्थल सालपा पोखरी नजिकै बौद्ध धर्मावलम्बीले निर्माण गरेका ऐतिहासिक माने । खोटाङ र भोजपुरको सिमानामा पर्ने सालपा पोखरी जाने पदमार्गको विभिन्न ठाउँमा बौद्धमार्गीले निर्माण गरेका मानेहरु पाइन्छन् । तस्बिर: केदार मगर/रासस २८ पुष २०७७, मंगलवार १०:४० मर्दी न्यूज
फोटो ग्यालेरी ढुङ्गामा बुद्ध: गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन खुल्ला मूर्तिकला सङ्ग्रहालयमा हालै प्रतिस्थापन गरिएको गौतम बुद्धको मूर्ति । उक्त मूर्ति गत वर्ष भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा मूर्तिकार बुद्ध चौधरीले कुँद्नुभएको हो । तस्वीर: रामबहादुर थापा, रासस १७ पुष २०७७, शुक्रबार १५:०६ मर्दी न्यूज
फोटो ग्यालेरी हिमालहरुको आरोहण खुल्ला : हेलम्बु गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि हेलम्बु हाइ सर्किट ट्रेकिङ रुटको विकास गर्ने उद्देश्य अनुरुप उक्त क्षेत्रमा रहेको पाँच हजारदेखि छ हजार मिटर उचाइसम्मका हिमालहरुको आरोहण खुल्ला गर्ने प्रक्रियाको प्रारम्भ गरेको जनाएको छ । हेलम्बु र लाङटाङ क्षेत्रको बीचमा रहेको नयाँ गङ्गा र पावेल पिक आरोहण रुट पनि हेलम्बुबाटै चढ्न सक्ने गरी तयार गर्ने क्रममा रहेको जनाएको छ । तस्वीरः देवराज सुवेदी, रासस १६ पुष २०७७, बिहीबार १४:१६ मर्दी न्यूज
फोटो ग्यालेरी सूर्यास्त: ‘क्यामिरी’ पदमार्ग अन्तर्गत पर्ने तनहुँको भानु १३, पोखरीछाप नजिकको डाँडाबाटदेखिएको सूर्यास्त । तस्विरः मनशान्त घिमिरे २१ मंसिर २०७७, आईतवार ०९:१२ मर्दी न्यूज
फोटो ग्यालेरी विद्यालय जाँदै बालबालिका: लामो समयपछि कपिलवस्तुको शिवराज नगरपालिका–३ मदवा गाँउका बालबालिका विद्यालय जाँदै । उनीहरु विद्यालय जान पाएकोमा खुशी देखिएका छन् । तस्बिर: सनिउल्ला धोबी/रासस १४ मंसिर २०७७, आईतवार ११:२३ मर्दी न्यूज