कृषि

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो । नेपाल लेयर्स कुखुरापालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । संघका अनुसार आजबाट लागू हुने गरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु. ४५० बाट ५०० पुगेको छ । मध्यम अण्डा रु. ४२० वाट ४७० पुगेको छ । सानो अण्डा रु. ४१५ पुगेको छ । सबैमा प्रतिक्रेट रु. ५० बढेको हो । नेपाल लेयर्स… पुरा पढौ

७२.६ प्रतिशत ज्येष्ठ नागरिक कृषिमा सक्रिय

नेपालका ७२.६ प्रतिशत ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय रहेको सरकारी प्रतिवेदनले देखाएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी मन्त्रालयले सार्वजनिक गरेको ‘तथ्यांकमा ज्येष्ठ नागरिक २०८३’ प्रतिवेदनअनुसार देशभर ज्येष्ठ नागरिकको संख्या ३३ लाख ५५ हजार ८०८ पुगेको छ। कुल ज्येष्ठ नागरिकमध्ये ६८.८ प्रतिशत स्वव्यवसाय वा कामदारका रूपमा संलग्न छन्। यस्तै, १३.४ प्रतिशत रोजगारीमा, ०.८ प्रतिशत रोजगारदाताका रूपमा र १७ प्रतिशत पारिवारिक सहयोगीका रूपमा सक्रिय रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी, गैरकृषि क्षेत्रमा सक्रिय ज्येष्ठ नागरिकको हिस्सा २७ प्रतिशत रहेको तथ्यांकमा उल्लेख गरिएको… पुरा पढौ

खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

ढोरपाटन (बागलुङ) । मध्य असारसम्म पनि पर्याप्त वर्षा नहुँदा बागलुङमा धान रोपाइँ प्रभावित भएको छ । अघिल्लो वर्ष यतिबेला ६० प्रतिशत रोपाइँ सकिएको थियो भने यस वर्ष मध्य असारसम्म ३८ प्रतिशत मात्रै रोपाइँ भएको छ । पश्चिम बागलुङका केही क्षेत्रमा रोपाइँ भए पनि जिल्ला सदरमुकाम आसपासका अधिकांश खेत अझै सुक्खा छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख कुमार पुनमगरका अनुसार यसबेलासम्म आधाभन्दा बढी क्षेत्रमा रोपाइँ सकिनुपर्नेमा पर्याप्त वर्षा नभएकाले ३८ प्रतिशत क्षेत्रमा मात्रै धान रोपिएको हो । कुल पाँच हजार… पुरा पढौ

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्याक्टर (मिनी ट्रेलर) हस्तान्तरण गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीरकण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले यहाँका किसानलाई ५० प्रतिशत अनुदान सहुलियतमा हाते ट्याक्टरसहित नौ प्रकारका कृषि यान्त्रिक उपकरण हस्तान्तरण गरेको हो । एकाइले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत ‘जोन सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रमअन्तर्गत यहाँका किसानकोमा माग सङ्ख्याका आधारमा कृषि यान्त्रिक उपकरण प्रविधि हस्तान्तरण गरेको हो । कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङका प्रमुख भरत गौतमका… पुरा पढौ

याक तथा चौरीको प्रवर्द्धनका लागि राष्ट्रिय याक दिवस मनाइने

रसुवा । सरकारले दोस्रो राष्ट्रिय याक दिवस रसुवाको आमाछोदिङ्मो गाँउपालिका तीन गतलाङस्थित पार्बतीकुण्डमा मनाउने भएको छ । यहि वैशाख ७ गते राष्ट्रिय याक दिवस गतलाङ स्थित पार्बतीकुण्डमा मनाउने तयारी गरिएको पशुसेवा विभागले जनाएको छ । ग्रामिण क्षेत्रमा नै पुगी मनाउन लागिएको याक दिवसले याक जन्य वस्तुहरूको गुणस्तरीयतामा वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिन सक्ने र याक तथा चौरीको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास पशुसेवा विभाग लिएको पशुसेवा बिभागका सूचना अधिकारी इन्दिरा शर्माले बताइन् । पछिल्लो समय जंगली जनावरको आक्रमण,… पुरा पढौ

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत । पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजजन बिउका लागि गहुँ खेती विस्तार गरिएको छ । यहाँको फलेवास नगरपालिका–६ देविस्थान चौबीसकुरियामा प्रजनन गहुँको मुल बिउको खेती गरी अनुसन्धान थालिएको हो । बिउ उत्पादनका लागि करिब पाँच हेक्टर क्षेत्रफलमा गहुँ बाली लगाइएको कृषि विकास कार्यालय पर्वतले जनाएको छ । राष्ट्रिय गहुँ अनुसन्धान परिषद् र कृषि विकास कार्यालयको सहयोगमा स्थानीय जातसँगै थप आठ प्रजातिका गहुँ अनुसन्धान गरिएको छ । ‘आत्मनिर्भरताका लागि बिउ उत्पादन’ कार्यक्रमअन्तर्गत बिउ उत्पादनमा लागिएको कार्यालयले जनाएको छ । सो कार्यालयका… पुरा पढौ

पोखरा महानगरद्वारा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन

गण्डकी । पोखरा महानगरपालिकाले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा अनुदानका कार्यक्रम अघि बढाएको छ । महानगरपालिकाभित्रका ३३ वटै वडालाई लक्षित गरी ५० प्रतिशत लागत साझेदारी गर्नेगरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।  उनका अनुसार महानगरपालिकाभित्रका बजार क्षेत्रका ११ वटा वडाका लागि प्रतिवडा एक/एक लाख रुपैयाँ र ग्रामीण क्षेत्रका २२ वटा वडाका लागि दुई/दुई लाख रुपैयाँका दरले कुल ५५ लाख रुपैयाँ विनियोजन गरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको छ । महानगरका ३३… पुरा पढौ