शिक्षा

‘दि पावर अफ स्टोरी टेलिङ्ग’ सम्बन्धि कार्यशाला अभिमुखीकरण

पोखरा । राष्ट्रिय शिक्षक सीप विकास फाउन्डेसन ‘एन्फोर्स्ड्ट’, कास्कीले पोखरामा पूर्वप्राथमिक तथा आधारभूत तहका शिक्षकका लागि दुईदिने ‘कथाबाट सिकाउने कला’ अभिमुखीकरण सम्पन्न गरेको छ। प्रारम्भिक बालशिक्षा तथा बालविकासका क्षेत्रमा काम गर्दै आएको ईसीईपी नेपाल फाउन्डेसनका विज्ञ प्रशिक्षकहरूलाई निमन्त्रणा गरेर पूर्वप्राथमिक तथा आधारभूत तहका शिक्षकका लागि दुईदिने ‘कथाबाट सिकाउने कला’ अभिमुखीकरण सम्पन्न गरेको हो । ‘शिक्षण र सिकाइमा कथावाचनको शक्ति’ विषयमा केन्द्रित उक्त कार्यक्रम ७औँ कथा वाचन प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजना गरिएको थियो। पोखराका आठ विद्यालयका ८६ जना पूर्वप्राथमिक तथा आधारभूत तहका… पुरा पढौ

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा उनीहरु आज बिहान पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अभियुक्तहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रारम्भ गरेको छ । यही साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्काय डिनको कार्यालयले पनि ‘साइबर ब्यूरो’लाई अनुसन्धान… पुरा पढौ

राङभाङ–भैँसेगौंडा : जैविक सम्पदाले उज्यालिएको पर्यापर्यटनको नयाँ गन्तव्य

स्याङ्जाको पहाडी भूभागमा अवस्थित राङभाङ–भैँसेगौंडा बिहानको पहिलो घामसँगै चराको मधुर स्वरले ब्युँझिन्छ । वनका छायाँमा पुतलीहरू फर्फराउँछन्, घना जङ्गलभित्र चितुवा, चरी बाघ र दुम्सीजस्ता वन्यजन्तु आफ्नै संसारमा रमाइरहेका हुन्छन् । विविध वनस्पति, स्वच्छ वातावरण र प्राकृतिक सौन्दर्यले भरिएको यो गाउँ अब केवल सुन्दर बस्ती मात्र होइन, नेपालको जैविक विविधता संरक्षण र पर्यापर्यटन विकासको उत्कृष्ट उदाहरणका रूपमा चिनिन थालेको छ । यसै सम्भावनालाई उजागर गर्दै हालै ‘राङभाङ–भैँसेगौंडा बायोडाइभर्सिटी प्रोफाइल’ सार्वजनिक गरिएको छ । प्रकृतिका साथीहरू र मिलेनियम भैँसेगौंडा सामुदायिक होमस्टेको सहकार्यमा… पुरा पढौ

शैक्षिक कन्सल्टेन्सी तथा भाषा शिक्षण कक्षाका लागि ल्याइएका नयाँ नियम खारेजीको माग

काठमाडौं । सरकारले शैक्षिक कन्सल्टेन्सी तथा भाषा शिक्षण कक्षाका लागि ल्याएको नयाँ मापदण्डलाई लिएर यस क्षेत्रका १४ संघ-संस्थाले आपत्ति जनाएका छन् । ती संस्थाको संयुक्त बैठकले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली खारेजको माग गरेको छ । विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने, निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्ने र अन्तर्राष्ट्रिय शिक्षाका माध्यमबाट विश्वव्यापी ज्ञान, सीप र अवसर हासिल गर्ने आम नेपाली नागरिकको आकांक्षासँग नियमावलीले मेल नखाने उनीहरूको ठहर छ । केही कठोर र अव्यावहारिक व्यवस्था राखिएको… पुरा पढौ

एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले  नतिजा  सार्वजनिक गरेको हो ।  बोर्डले आज पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिँदै परीक्षामा ८३ हजार ५२३ जनाअर्थात् ६४.६८ प्रतिशत छात्रछात्रा उत्तीर्ण भएका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए।  यही असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको पूरक परीक्षामा सहभागी हुन एक लाख ४६ हजार ५०७ परीक्षार्थीले आवेदन दिएकामा एक लाख २९ हजार ११४ जना परीक्षार्थी मात्रै सहभागी भएको उनले… पुरा पढौ

ग्रामीण शिक्षामा डिजिटल रूपान्तरणको नयाँ अध्याय

बौदीकाली, नवलपरासी (पूर्व) । बौदीकाली गाउँपालिका–२ स्थित देढगाउँ माध्यमिक विद्यालयमा नवनिर्मित अत्याधुनिक सूचना तथा सञ्चार प्रविधि (ICT) कम्प्युटर प्रयोगशालाको औपचारिक उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। उक्त प्रयोगशालाको कर्माफ्लाइट्स फाउण्डेशन नेपाल र एडुटेक नेपालले संयुक्त रूपमा करिब रु. ८ लाख ५० हजार बराबरको सहयोग गरेका छन् भने विद्यालय तथा बौदीकाली गाउँपालिकाले करिब रु. ४ लाख बराबरको समानीकरण (Matching Fund) लगानी गरेका छन्। विद्यालयका प्रधानाध्यापक गंगा विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्दै शिक्षक तालिमका क्रममा कर्माफ्लाइट्ससँगको लामो सहकार्यबाट विद्यालयमा सूचना तथा… पुरा पढौ

कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि उत्तरपुस्तिका प्रमाणीकरण गर्न समिति गठन

शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा १२ को नतिजा त्रुटिपूर्ण सम्बन्धमा थप अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । शिक्षा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क एवं डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजाका विषयमा प्रश्न उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क… पुरा पढौ