राजनीति

‘विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैन’ : मुख्यमन्त्री पाण्डे

दमौली (तनहुँ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् ।  भानु नगरपालिका–१ र बन्दीपुर गाउँपालिका–४ जोड्ने चुँदी खोलामाथि निर्माण सम्पन्न भएको पुलको आज उद्घाटन गर्दै उनले विकास आयोजनामा ढिलासुस्ती स्वीकार्य नहुने बताए।  प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, तनहुँमार्फत निर्माण सम्पन्न भएको उक्त पुल निर्धारित समयभन्दा करिब सात महिना अगाडि सम्पन्न हुनु विकास निर्माणको क्षेत्रमा सकारात्मक सन्देश भएको बताए ।  “यो पुल गुणस्तरीय र समयमै विकास आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण बनेको छ,”… पुरा पढौ

४० दिनदेखि संसदमा विपक्षीको निरन्तर विरोध,सीमा विवादबारे सरकारको स्पष्ट जवाफ माग

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता दिएका छन् । बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले एउटै विषयमा निरन्तर विरोध भइरहेकाले विपक्षी दलका तर्फबाट एक जना सदस्यलाई सङ्क्षिप्त धारणा राख्न समय दिएका थिए । त्यस क्रममा नेपाली कांग्रेसकी हरिनादेवी कामीले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले स्पष्ट जवाफ… पुरा पढौ

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, डाँगी र असिम शाह विजयी

रास्वपाको सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह विजयी भएका छन् । चितवनमा शुक्रबार भएको मतदानमा उनीहरू सहमहामन्त्री पदमा विजयी भएका हुन् । शाहले ४७१ मत प्राप्त गरेका छन् भने ढकालले ४१० मत प्राप्त गरेका छन् । त्यस्तै, महिला सहमहामन्त्रीमा निशा डाँगीले ७ सय ३७ मत प्राप्त गरिन् । सहमहामन्त्री पुरुषका लागि शाह र ढकालसहित रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरु र हिमेश पन्त प्रतिस्पर्धी थिए। पुरा पढौ

गन्तव्यमा नपुगी सरकारले ब्रेक लगाउँदैन : प्रधानमन्त्री बालेन्द्र शाह

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकार गन्तव्यमा नपुगी नरोकिने बताएका छन् । चितवनमा आइतबार सुरु भएको पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार एक्सप्रेस वेमा हिँडिरहेको दाबी गरे । सरकार सञ्चालनलाई गाडीसँग तुलना गर्दै उनले लक्ष्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने स्पष्ट पारे । हुटिङबाट सुरु भएको अभियान अहिले संस्थागत भएर महाधिवेशनसम्म आइपुगेको उनले बताए । विभिन्न अतिथिले सरकारलाई गाडीको संज्ञा दिँदै ब्रेक पनि लगाउनु पर्ने सुझाव दिएका थिए । त्यसको जवाफ दिँदै… पुरा पढौ

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलले मन्त्रिपरिषद विस्तार गरेका छन् । गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई नियुक्त गर्दै प्रधानमन्त्री शाहले आज मन्त्रिपरिषद विस्तार गरेको हो । नव नियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा मन्त्रीहरुको नियुक्त गर्दै मन्त्रिहरुलाई शपथ गराएको हो । गृह मन्त्रालयमा पुनः सुधन गुरुङ दोस्रो पटक जिम्मेवारी दिइएको हो । सम्पत्ति सम्बन्धी विवादमा तानिएपछि… पुरा पढौ

गृहमन्त्रीमा गुरुङको पुनरागमन, महावीर पुन मन्त्री बन्दै

प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा पुन: सुधन गुरुङलाई फर्काउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको छ । गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका थिए । त्यसपछि उनको सम्पत्तिबारे अध्ययन गर्न समिति बनाइएको थियो । समितिले उनको सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शाहले पुन: गृहमन्त्रीमा फिर्ता गर्न लागेका हुन् । यसैबीच, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद… पुरा पढौ

यस्तो छ गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रममा पर्यटन, कृषि, हरित अर्थतन्त्र, स्वास्थ्य र युवा उद्यमशीलतालाई मुख्य प्राथमिकतामा राखेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टद्वारा मंगलबार प्रदेशसभामा प्रस्तुत नीति कार्यक्रममा उत्पादनमूलक क्षेत्रको विस्तार, रोजगारी सिर्जना, जलवायु अनुकूल विकास र सेवा प्रवाह सुधारलाई केन्द्रमा राखिएको छ । प्रदेश सरकारले पर्यटन, उद्योग, उच्च मूल्यका कृषि उत्पादन तथा हरित औद्योगिकीकरणलाई आर्थिक रूपान्तरणका मुख्य आधार क्षेत्रका रूपमा विकास गर्ने घोषणा गरेको छ । यस्तै विदेश तथा सहरबाट गाउँ फर्केर कृषि उद्यम गर्न… पुरा पढौ