December, 2019

गण्डकी प्रदेशमा पुस १५ गते तमु ल्होसारको सार्वजनिक विदा

Mardi News
पोखरा । गुरुङ समुदायको ठूलो पर्व तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यही पुस १५ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णय शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । गुरुङ समुदायको विशेष चाड ल्होसारलाई मध्यनजर गर्दै पुस १५ मा सार्वजनिक विदा दिने निर्णय गरेको उनले जनाए । संघीय सरकारले गुरुङ समुदायको पर्व ल्होसारमा दिंदै आएको राष्ट्रिय विदा कटौती… पुरा पढौ

मैत्रीपुर्ण क्रिकेटमा पत्रकार मञ्च गण्डकी ९ विकेटले विजयी

Mardi News
पोखरा । मैत्रीपूर्ण क्रिकेटमा खेलकुद पत्रकार मञ्च, गण्डकीले खेलकुद पत्रकार मञ्च, काठमाण्डौलाई पराजित गरेको छ । पोखरा प्रिमियर लिगको फाइनलको पूर्वाद्र्धमा पोखरा रंगशालामा शुक्रवार भएको खेलमा गण्डकी ९ विकेटले विजयी भएको हो । टस जितेर पहिला व्याटिङ्ग गरेको काठमाडौले पुरै ओभर खेल्दै आफ्ना ७ विकेट गुमाई २४ रनको सामान्य योगफल तयार पारेको थियो । बिनोद लामिछानेको कप्तानीमा मैदानमा उत्रेको घरेलु पत्रकार गण्डकीको धारिलो बलिङ्सामु काठमाडौका टोलीले कुनै पनि समय खेलमा पकट बनाउन सकेनन् । खेलकुद पत्रकार मन्च गण्डकीको लागि मन… पुरा पढौ

भोलि ल्होसारको शुभकामना आदानप्रदान तथा रक्तदान

Mardi News
पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय समितिले च्यु ल्होसारको विविध कार्यक्रम अन्तर्गत भोलि शनिबार शुभकामना आदानप्रदान, चियापान तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । केन्द्रकै फलिना क्होइबो परिसरमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा रक्तदान एवम् शुभकामना आदानप्रदान गर्न लागेको हो । फाइल तस्वीरहरु तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको आव्हानमा प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । त्यसै गरी च्यु ल्होसारको विविध कार्यक्रम अन्तरगत १३ गते रस्साकसी र छेलो प्रतियोगिता, १४ गते अन्तरसमाज… पुरा पढौ

तमु प्ये ल्हु संघले हङकङ जानेहरुको विदाई

Mardi News
पोखरा । तमु प्ये ल्हु संघ पोखराले हङकङ शाखाले आयोजना गरेको च्यु ल्होसार कार्यक्रममा प्रमुख अतिथि तथा प्रतिनिधित्वको लागि जानेहरुलाई विदाई गरेको छ । संघको केन्द्रीय अध्यक्ष हितकाजी टु तमुको नेतृत्वमा ५ जनाको समूहलाई आज शुक्रबार एक कार्यक्रम गरी विदाइ गरे । संस्थाको कार्यवाहक अध्यक्ष एवम् वरिष्ठ उपाध्यक्ष आइबहादुर ल्हेंगे तमुलगायत केन्द्रीय पदाधिकारीहरुले उनीहरुलाई विदाई गरेको हो । उक्त समूह भोलि बिहान पोखराबाट हङकङको लागि प्रस्थान गर्दैछ । तमु प्ये ल्हु संघ हङकङ शाखाले आयोजना गरेको च्यु ल्होसार कार्यक्रममा सहभागिताको… पुरा पढौ

कजाकस्तानमा ९५ यात्रु सवार विमान दुर्घटना

Mardi News
नुर सुल्तान । मध्य एसियाली मुलुक कजाकस्तानमा शुक्रबार बिहान एक यात्रुवाहक जहाज दुर्घटनामा परेको छ । स्थानीय समयअनुसार ७ः२२ बजे सो दुर्घटना भएको हो । बेक एयरको फ्लाइट नम्बर जे ९२१०० को जहाज अल्माटी विमानस्थलबाट उडेको केहीबेरमै बारमा ठोक्किएको थियो । त्यसपछि दुई तले घरमा बजारिएको जहाज टुक्राटुक्रा भएको छ । राजधानी नुरसुल्तानका लागि उडेको जहाजमा ९५ यात्रु र पाँच चालक दलका सदस्य थिए । दुर्घटनामा परी नौ जनाको मृत्यु भएको पुष्टि भएको छ भने जीवितहरूको उद्धार प्रयास जारी रहेको… पुरा पढौ

Future of Mountain Tourism in Nepal

Mardi News
Himalaya is one of longest Mountain range in Asia spanning from Afaganistan to Burma( Myanmar). Nepal, beautiful Himalayan country has eight Mountain summits over 8000m including highest peak on the planet, Everest (8848 masl). These beautiful snow-clad peaks always became place of mystery for hundreds of years. Explorers and adventure seekers started to dream of climbing these mountains. Several attempts to climb Everest and Annapurna before 1950 A.D shows human thirst to conquer the Summits. After successful climb of Mt.… पुरा पढौ

चितुवा नियन्त्रणमा

Mardi News
दमौली, १० पुस । तनहुँको व्यास नगरपालिका–९ बिर्तास्थित सामुदायिक वनमा थापिएको काठको खोरमा परेर विहीवार बिहान एउटा चितुवा नियन्त्रणमा आएको छ । चितुवा नियन्त्रणका लागि स्याकुनथोक सामुदायिक वनमा राखिएको काठको खोरमा परेर पोथी चितुवा नियन्त्रणमा आएको हो । उक्त पोथी चितुवा छ/सात वर्षको र ३०/३५ किलो तौल रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । बरालका अनुसार नियन्त्रणमा आएको चितुवालाई सुरक्षितरूपमा चितवन स्थानान्तरण गरिनेछ । चितुवाको आतङ्क बढेपछि यहाँका सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठको खोर बनाइएको… पुरा पढौ