2019

पोखरामा महिन्द्रा एक्सयुभी ३०० सार्वजनिक

mahindra xuv 300
पोखरा, ४ पुस । चार महिना अघि काठमाडौंमा भएको नाडा अटो शोमा लन्च भएको महिन्द्रा एक्सयुभी गाडी पोखरामा एक कार्यक्रमकाबीच सार्वजनिक ग¥यो । आज शुक्रबार विशेष कार्यक्रमका बीच गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको प्रमुख आतिथ्यतामा सार्वजनिक गरेको हो । प्रमुख आतिथिको मन्तव्य ंिदंदै मन्त्री लम्सालले निजी क्षेत्रलाई समृद्ध नेपाल निर्माणको लागि ढुक्क भएर काम गर्न सुझाव दिए । उनले भने– ‘कानुनले अप्ठ्यारो पारेमा त्यसको तत्काल समाधान खोजिनेछ ।’ समृद्ध नेपाल निर्माण गर्न निजी क्षेत्रको लगानी… पुरा पढौ

सभामुख छान्ने प्रक्रिया ११ गतेदेखि

Sabhamukh - Sansad
काठमाडौँ, ४ पुस । प्रतिनिधिसभामा सभामुख चयनको प्रक्रिया आगामी आगामी पुस ११ गतेबाट सुरु हुने भएको छ । संसदको कार्यव्यवस्था परामर्श समितिको शुक्रबार (आज) बसेको बैठकमा प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते १ बजे बस्ने तय गरेको हो । सोही बैठकले सभामुख चयनको प्रक्रिया अघि बढाउने छ । संसदको हिउँदे अधिवेशन आज अपरान्ह ४ बजेबाट सुरु हुनेछ । संसद एक साता स्थगित गरिनेछ । पुस ११ गतेसम्म नेकपाले सभामुखको उम्मेद्वारका लागि सहमति खोज्ने छ । यसअघि प्रमुख राजनीतिक दलका शिर्ष… पुरा पढौ

त्रिविको दीक्षान्त समारोह

Mardi News
काठमाडौं, ३ पुस । त्रिभुवन विश्वविद्यालयले बिहीबार आफ्नो ४५औँ दीक्षान्त समारोह गरेको छ । दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन् । पुल्चोक क्याम्पसमा आयोजना भएको त्रिविको दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भएका छन् । त्यसैगरी दीक्षान्त समारोहमा विद्यावारिधितर्फ ८५, एमफिलतर्फ ४०, स्नातकोत्तर तह तथा स्नातक तहकोमा कृषि तथा पशुविज्ञानमा १ सय ३२, शिक्षा सङ्कायमा ७ सय ७१, मानविकी सङ्कायमा २ हजार ९१, इञ्जिनियरिङमा १ हजार १ सय… पुरा पढौ

मिलेनियम पदमार्ग प्रचारको लागि ‘मण्डला र घुमन्ते’

Gahate Manakamana
पोखरा, ३ पुस । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) व्यवस्थापन समितिले पदमार्गलाई भ्रमण वर्ष २०२० लाई लक्षित गरी व्यापक प्रचारप्रसार गर्न वेभसाइट डिजाइन तथा घुमन्ते लगी युट्युबमार्फत प्रचारप्रसार गर्न लागेको छ । यस पदमार्ग क्षेत्रका प्रकृति र संस्कृतिलाई आयआर्जनसँग जोड्ने कार्यक्रमसहित मिलेनियम पदमार्ग पर्यटन विकासको लागि मण्डलाआईटी सोलुसन र घुमन्ते समूहलाई पदमार्गको भ्रमण आज विहीबार सकाएको छ । तनहँुको दुलेगौँडादेखि स्याङ्जाको रामबाछासम्म जोडिने ७२ किलोमिटर दूरीको पदमार्गमा उक्त समूहलाई मंसिर २२ गतेबाट शुक्लागण्डकीको भुजीकोटबाट भ्रमण शुरु गराएको थियो । पदमार्ग क्षेत्रमा… पुरा पढौ

मिलेनियम पदमार्गको सौन्दर्य

Millenniun Trek
घुमन्ते समूह चार दिनसम्म भैंसेगौंडामै पोखरा । मिलेनियम पदमार्गको कोल्माकोटदेखि पेल्काचौरको मनकामना मन्दिरसम्म यात्रा गर्न त्यसै पनि रमाइलो र घुमौं–घुमौं लाग्ने ठाउँ । मौसम खुलेका बेला स्थानीयलाई मात्र नभई त्यहाँ पुग्ने जो कोहीलाई पनि ज्यादै आकर्षक लाग्छन् यहाँका डाँडाकाँडा र हिमश्रृङ्खलाका दृश्य । यहाँका मानिस त अझ यहाँको सौन्दर्यमा नलोभिने कुरै भएन । हुन पनि, बाहिरबाट आउनेको मनै फुरुंग पार्ने अनगिन्ती ठाउँ छन् यहाँ । त्यही भएर नै आकास छ्यांग खुल्नेबित्तिकै हिमश्रृङ्खलाको लामो दृश्य हेर्न यो पदमार्गमा अझ उपयुक्त ठाउँ… पुरा पढौ

विद्या भट्टराईले लिए पद तथा गोपनियताको शपथ

Biddha Bhattarai- Mardi
काठमाडौं, १ पुस । कास्की २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलवार पद तथा गोपनियताको शपथ लिएकी छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् । सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ । शपथग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङलगायतको उपस्थिति थियो । भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । स्वर्गीय रविन्द्र… पुरा पढौ

प्याब्सन स्पोर्टस् मिट औपचारिक रुपमा सुरु

Mardi News
पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’ कास्कीको ‘१६ औं प्याब्सन स्पोटर््स् मिट’ औपचारिक रुपमा सुरु भएको छ । सो स्पोटर््स् मिटको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले ‘१६ औं प्याब्सन स्पोटर््स् मिट –२०७६’ लेखिएको व्यानर उडाएर उद्घाटन गरेको छ । अहिले मार्च पास भइरहेको छ । १ सय २ भन्दा बढी विद्यालय आबद्ध कास्की प्याब्सनको खेलकुदमा फुटबल, भलिबल, टेबल टेनिस, एथेलेटिक्स खेलहरु समावेश छ । उद्घाटन तथा मार्चपासका केही तस्विरहरुः पुरा पढौ